११ श्रावण २०८३, सोमबार

कालिका पावरले घोषणा गर्यो लाभांश, बोनस र नगद कति दिने भयो ?



काठमाडौं । कालिका पावर कम्पनी लाभांश घोषणा गरेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ नगद लाभांश (कर प्रयोजन) दिने निर्णय गरेको हो ।

प्रस्तावित उक्त लाभांश अब कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी पुस २८ गते वार्षिक साधारण सभा डोकेको छ ।

सभा प्रयोजनका लागि भने पुस १८ गते बुक क्लेज गर्दैछ । यसका आधारमा पुस १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।