नाडाको अध्यक्षमा करण चौधरीलाई नवराज डल्लाकोटीको पनि समर्थन
काठमाडौँ । अध्यक्षका आकांक्षी करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरी बीच सहमति जुटेपछि अध्यक्षमा करण र वरिष्ठ उपाध्यक्षमा आकाश हुने तय भएको थियो।
पछिल्लो समयमा सो सहमति बिरुद्ध नाडाका पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेपछि फेरि चुनाबी पक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको थियो। सो घोषणा पछि नाडाको नेतृत्व चयन गर्ने पक्रिया थप जटिल बनेको थियो।
तर, आज नाडाका नेतृत्व अहिलेको समयमा चुनाबी पक्रिया भन्दा सहमतिमै चयन हुनुपर्छ भन्ने धारण अनुरुप डल्लाकोटीले पनि चौधरीलाई नै अध्यक्षको रुपमा समर्थन गरेका छन् । सो समर्थन पछि करण चौधरी नै नाडाको अध्यक्ष हुँने फेरि पक्का भएको छ भने यहि सहमति पछि चुनाब नहुने पक्का भएको छ।
सहमतीको पहल गर्न अध्यक्ष , निबर्तमान अध्यक्ष तथा कार्यसमितिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो।













