नेपाल इन्स्योरेन्सको साधारण सभा भोलि, लाभांश पारित मुख्य एजेण्डा
काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५औं वार्षिक साधारण सभा भोलि अर्थात पुष १३ गते बस्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, हकप्रद सेयरको हक हस्तान्तरण गर्न व्यवस्था थप गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २८ गते बुकक्लोज गरेको हुँदा मंसिर २७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।













