बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न संघीय संसद्को सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।
बिहिबार सिहदरबारमा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिले सम्पत्ति शुद्धिकरण विभागलाई हमालको सम्पत्ति छानबिन गर्न भनेको हो ।
वित्तीय सूचक कमजोर रहेका तथा घाटामा जान लागेका कम्पनीहरुलाई प्रिमियममा आइपीओ निष्कासन गर्न दिएर चलखेल गरेको भन्दै सांसदहरुले आवाज उठाएका थिए । सांसदहरुको प्रश्नपछि समितिले सम्पत्ति शुद्धिकरण विभागलाई हमालको सम्पत्ति छानबिन गर्ने निर्देशन दिएको हो ।













