१३ श्रावण २०८३, बुधबार

लिलामी खुल्यो अपर तामाकोशीको १ करोड ७० लाख कित्ता सेयर, प्रतिकित्ता १०० रुपैयाँमै किन्ने मौका



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले डेढ करोड कित्ता बढी सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि १ करोड ७० लाख १९ हजार ३० कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री हुन नसकेको सेयर लिलामीमा ल्याएको हो ।
उक्त हकप्रद लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

कम्पनीले उक्त हकप्रदको सेयर मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी पुष २९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

खरिद गर्ने चाहनेले नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौं, सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौँ र लक्ष्मी सनराइज बैंकको विराटनगर, धरान, विरगंज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुङ, नेपालगंज, सुर्खेत, धनगढी र चरिकोटबाट आवेदन फारम प्राप्त गर्न र बुझाउन सक्नेछन् । हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रूपैयाँ कायम हुनेछ ।