नागरिक लगानी कोषले लिलामी ल्याएको सेयरमा आजसम्म आवेदन दिन सकिने
काठमाडौँ । नागरिक लगानी कोषले लिलामीमा बिक्री गर्न लागेको एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कोषले २५ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको हो । सोही सेयर खरिदका लागि आज कार्यालयसम्म आवेदन दिन सकिने छ ।
जसका लागि न्यूनतम मूल्य ८०० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
लगानीकर्ताले यसमा पुष १६ गतेसम्म एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।













