७ श्रावण २०८३, बिहिबार

मंगलबार यी पाँच कम्पनीमा झुम्मिए लगानीकर्ता



काठमाडौँ । सेयर बजार दोहोरो अकंले घटेको छ । बजार पछिल्ला केहि दिन यता निरन्तर खुम्चि रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०५ अकंले घटेर २०३०.१० बिन्दुमा बन्द भएको छ । आज सूचीृकत कम्पनीहरुको १ करोड १० लाख ६९ हजार ९६८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७३ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको १६ करोड ११ लाख र ह्थावे इन्भेष्टमेन्टको १५ करोड रुपैयाँको कारोबार भएको छ ।

साथै, सिटिजन लाइफको १४ करोड ७३ लाख रुपैयाँ, सोनापुरको १२ करोड ८९ लाख रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १२ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्