७ श्रावण २०८३, बिहिबार

बिहिबार १४६ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौँ । बिहिबार १४६ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । बजार अन्तिमको १० मिनेटमा ओरालो लागेसँगै अधिकांश कम्पनीको मूल्य ओरालो लागेको हो ।

बजार ओरालो लागे पनि कारोबार भने साढे ५ अर्ब माथि हुन पुगेको छ । कम्पनीको मूल्य ओरालो लागेसँगै लगानीकर्ता निराश बनेका छन् ।

बिहिबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ६.५६ प्रतिशत, मन्दाकीनि हाइड्रोपावरको ५.८० प्रतिशत, नेपाल टेलिकमको ५.४५ प्रतिशत, जानकी फाइनान्सको ५.२८ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्