आगामी फागुन ६ गते ग्रीनलाइफ हाइड्रोपावरको ‘लक इन’ अवधि सकिँदै
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको लक इन अवधि आगामी फागुनमा सकिने भएको छ । कम्पनीको स्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि फागुन ६ गते सकिने भएको हो ।
उक्त अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबार गर्न सक्नेछन् ।कम्पनीले सर्वसाधारणलाई २०७७ फागुन ७ गते सेयर बाँडफाँट गरेको थियो । कम्पनीको १ करोड ४४ लाख कित्ता संस्थापक सेयर, १ लाख ३ हजार ६०० कित्ता स्थानीयको सेयर र ६९ हजार ९२८ कित्ता कर्मचारीको सेयर लक इन रहेको छ ।
उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । संस्थापक सेयरधनीमध्ये सञ्चालक समितिमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने सेयर बिक्री गर्न भने पाउने छैनन्













