१ अर्बको ‘कुमारी सबल योजना’ इकाई आजदेखि बिक्रीमा, कति र कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । आज (माघ २८ गते) देखि कुमारी क्यापिटलको नयाँ म्युचुअल फण्ड बिक्रीमा ल्याएको छ । क्यापिटलले कुमारी सबल योजना निष्काशन तथा बिक्री खुला गरेको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन तथा बिक्री गर्न लागेको हो । यसको अवधि १० वर्षको हुनेछ । यो एक बन्दमुखी योजना हो । निष्काशन गरिने कुल इकाईमध्ये १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई, १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि र अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । सो फण्डमा आगामी फागुन २ गतेसम्म आवेदन सकिनेछ । तर, सो अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा भने फागुन १३ गतेसम्म लम्बिनेछ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।













