कुमारी सबल योजनाको इकाईका लागि आवेदन दिने म्याद लम्बियो, अब कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । कुमारी क्यापिटलले गत माघ २८ गतेदेखि बिक्रीमा ल्याएको कुमारी सबल योजनामा आवेदन दिने समय लम्बिएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन तथा बिक्री खुला गरेको हो । फन्डको इकाईमा अब फागनु १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
कुमारी सबल योजनाको अवधि १० वर्षको हुनेछ । यो एक बन्दमुखी योजना हो । निष्काशन गरिने कुल इकाईमध्ये १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई, १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि र अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।













