८ श्रावण २०८३, शुक्रबार

क्रेष्ट माइक्रो लाइफले आइपीओ ल्याउने, पारित गर्न चैत ५ गते बोलायो साधारण सभा



काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले आगामी चैत ५ गते सभा बोलाएको छ ।

कम्पनीको पहिलो साधारण सभामा सर्वसाधारणमा प्राथमिक सेयर (आइपीओ) निष्कासनको प्रस्ताव पारित गर्ने भएको छ ।
सभाले आईपीओ निष्कासनका गर्न त्यसका लागि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

यसका साथै सभामा सञ्चालक समितिको निर्वाचन पनि हुनेछ । सोही सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्ने छ । यस्तै, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सभामा पारित हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्