सिटिजन लाइफको संचालक कार्कीको राजिनामा स्वीकृत
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र संचालकले दिएको राजिनामा स्वीकृत भएको छ ।
स्वतन्त्र संचालक श्रीमान कार्कीले फागुन २३ गते पदबाट राजिनामा दिएका थिए । कार्कीको राजिनामा फागुन २४ गते बिहीबार स्वीकृत भएको हो ।
गत बिहीबार बसेको संचालक समितिको बैठकबाट उनको राजिनामा स्वीकृत भएको कम्पनी सचिव दिप बहादुर वि.सी.ले जानकारी दिए ।













