हकप्रद सेयर जारी गर्न प्रभु महालक्ष्मीले बोर्डसँग माग्यो अनुमति - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हकप्रद सेयर जारी गर्न प्रभु महालक्ष्मीले बोर्डसँग माग्यो अनुमति



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। हकप्रद सेयर निष्कासनको अनुमति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

कम्पनीले १७ प्रतिशत अर्थात १:०.१७ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै फागुन २२ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले ७३ करोड ३ लाख २० हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७३ लाख ३ हजार २ सय कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्