आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति भएन: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अर्थतन्त्रको अधिकांश सूचक सकारात्मक बनेको बताएका छन् । उनले बुधवार विश्वासको मत लिनु अघि प्रतिनिधि सभलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् ।
उनले निरन्तरको प्रयासबाट नै मुलुकको आर्थिक सूचक सकरात्मक बन्दै गएको बताए । तर, आन्तरिक उत्पादन र रोजगारी वृद्धि भने अपेक्षित प्रगति हुन नसकेको उनको भनाई छ ।
पुँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन नसकिएको उनले स्वीकार गरे । यद्यपि, राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनालाई थप द्रुता दिने र पुँजीगत खर्च बढाउनुका साथै सार्वजनिक सेवा प्रवाहमा पनि सुधार गनुपर्ने उनको भनाई छ ।













