१५ श्रावण २०८३, शुक्रबार

पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । सोमबार प्रक्राउ परेका पूर्वसभामुख कृष्ण बहादुर महरालाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न अनुमति दिएको हो । न्याधिश दुर्गाप्रसाद खनालको इजलासले महरालाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरा सोमबार रुपन्देहीबाट पक्राउ परेका हुन् । सुन तस्करी प्रकरणमा मुछिएका महारालाई नेपाल प्रहरीले पक्राउ गरेको ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । उनका छोरा राहुल महरा पनि सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।