१५ श्रावण २०८३, शुक्रबार

सुन तस्करी प्रकरण: हाजिरी जमानतमा छुटे महरा



काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटेका छन् । सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई हाजिरी जमानतमा छुटेका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न अनुमति दिएको हो । माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका उनलाई छोरा निर्मल महराको जिम्मा लगाएर छोडिएको हो ।