रिडी पावरको ७७ लाख ४४ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिडी पावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ५० प्रतिशत बापतको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
अब उक्त हकप्रद सेयर सम्वन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।













