गार्डियन माइक्रो लाइफले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गार्डियन माइक्रो लाइफले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल



काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।

सुरक्षित भोलिको लागि स्मार्ट लगानी भन्ने उदेश्यका साथ स्थापित गार्डियन माइक्रो–लाइफ इन्स्योरेन्स नेपालको पहिलो पुर्ण डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुजीवन बीमा कम्पनी हो ।

जसमा १४ हजारभन्दा बढी पोलिसी होल्डर तथा ५०० भन्दा बढी एजेन्ट रहेका छन् र केन्द्रीय कार्यालयसहित शाखा उप शाखा तथा एक्सटेसन काउण्टर गरी देशभर २६ कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्