हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न बुद्धभुमी नेपाल हाइड्रोपावरले बोलायो विशेष साधारणसभा
काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीको विशेष सभा आगामी जेठ ३० गते, बुधबार, कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौँ बिहान १० बजेदेखि सुरू गर्नेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ २३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।













