बंगलादेशमा विद्युत निर्यातको व्यवस्था मिलाइने
काठमाडौं । सरकारले आगामी वर्षदेखि नेपालले खपत गरेर बाँकी रहेको विजुली बंगलादेश निर्यात गर्ने भएको छ । आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षदेखि बंगलादेशमा विद्युत निर्यातको व्यवस्था मिलाइने बताएका हुन् ।
९ सय मेगावाट विद्युत थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउँने लक्ष्य सरकारले लिएको अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने क्रममा बताए ।
प्रतिव्यक्ति विद्युत खपत ४५० युनिट पुर्याइने पुनले बताए । विद्युत प्रसारण लाइन विस्तारमा नीजि क्षेत्रको पनि सहभागी गराइने बताइएको छ ।













