१३ श्रावण २०८३, बुधबार

बजेटमा सुधारका कार्यक्रम देखिएनन् : पूर्व अर्थमन्त्री महत



काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आज सार्बजनिक गरेको बजेटबारे कांग्रेसले यसअघि बोले जस्तो नआएको टिप्पणी गरेका छन् ।

पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारले चाहे जस्तो ठुलो बजेट बनाउन नसकेको टिप्पणी गर्दै वास्तविकताभन्दा माथि रहेको बताए । महतले सुधारका कार्यक्रम ल्याउने बताउँदै आएको भएपनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्रीले गर्ने भनेका कुराहरु बजेटमा उल्लेख नगरेको बताउँदै अहिले जारी रहेका योजना बारे समेत मौन रहेको टिप्पणी गरेका छन् । उनले वितरणमुखी कार्यक्रम बजेटमा उल्लेख नगरिएको बताउदै पूरा बजेट किताब हेरेपछि भन्न सकिने बताए ।

डा. महतले प्याज, आलू र स्याउमा भ्याट हटाउने घोषणा गरेर सिधै झुट बोलेको बताउँदै आफूहरुले भन्सारमा भ्याट लाग्दै आएकोमा अब हटेपछि यी वस्तु कसरी सस्तो हुन्छन् भन्दै प्रश्न गरेका छन् ।