अझै यी दुई कम्पनीको सेयर किन्दा पाइनेछ आकर्षक लाभांश, कुनको कति ?
काठमाडौं । अझै दुई कम्पनीको सेयर खरिद गर्दा लाभांश प्राप्त गर्न सकिने छ । नेपाल लाइफ र सूर्योदय वोमीलघु वित्तको सेयर खरिद गर्दा लाभांश पाइने भएको हो ।
यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि अझै बुक क्लोज गरेका छैनन् । त्यसैले यी दुई वटै कम्पनीको लाभांश खरिद गर्दा लाभांश पाइनेछ ।
नेपाल लाइफले २१.०५ प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव गरेको छ । गत वर्षको मुनाफाबाट कम्पनीले सो बराबरको लाभांश दिने भएको छ । उक्त लाभांश पारित गर्नका लागि कम्पनीले आगामी असार १८ गते साधारण सभा बोलाएको छ ।
यता, सूर्योदय वोमीले पनि आफ्ना सेयरधनीलाई १४.०७७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । तर, कम्पनीले साधारण सभाका लागि मिति तय गरेको छैन ।













