आरएसडीसी लघुवित्तकाे ९.४० प्रतिशत नगद लाभांश घाेषणा
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई बाड्ने लाभांश घाेषणा गरेकाे छ ।
आइतबार बसेको बैठकले संस्थाको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
संस्थाले हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँको ९.४० प्रतिशतले हुन आउने ९ करोड ७२ लाख २ हजार ५५.२० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने छ।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।















