८ श्रावण २०८३, शुक्रबार

नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुलाई नेको इन्स्योरेन्सले दियो एम्बुलेन्स



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले नेपाल रेडक्रस सोसाइटी वाणगंगा उपशाखा कपिलवस्तुलाई एम्बुलेन्स सहयोग गरेको छ ।

मुलुकको बीमा बजारमा झन्डै तीन दशकदेखि सेवा प्रदान गर्दै आएको नेकोले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एम्बुलेन्स सौजन्य गरेको हो ।

आइतबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखाका सभापति शंकर पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका छन् ।

सोही अवसरमा लुम्बिनी प्रदेश सभाका सांसद विष्णु पन्थी, नेपाल प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी, कम्पनीका अध्यक्ष रमेश कुमार निरौला तथा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको समेतको उपस्थिति रहेको थियो ।

कम्पनीले विगतका बर्षहरु देखि नै आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दाबी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय वृद्धि गर्दै आएको छ ।

कम्पनीले व्यवसायको साथसाथै समाज सेवाको लागि समय सयमा विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु पनि गर्दै आएको छ । यसअघि सिरहाको सामुदायिक अस्पताललाई यन्त्र उपकरणको लागि सहयोग, बन्दीपुर– तनहुँको सामुदयिक अस्पतालको भवन निर्माणको लागि सहयोग प्रदान गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्