सर्वसाधारणले पनि किन्न पाउने गरि कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता कति ?
सर्वसाधारणले पनि किन्न पाउने गरि कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता कति ?
काठमाडौं । कुमारी बैंकका एक संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने भएको छ ।
बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ३ हजार २११ कित्ता संस्थापक सेयर बिक्री गर्ने लागेका हुन् । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति संघ÷संस्था वा जो कोही सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।
यसअघि बैंकले विद्यमान संस्थापकहरुलाई प्राथमिकतामा राखी बिक्री खुला गरेको थियो । तर, तोकिएको समयसम्म आवेदन नपरेपछि संस्थापक भन्दा बाहिर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।
उक्त सेयरको खरिदका लागि आजैका मितिले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आइपुग्ने गरि आवेदन पेश गर्नुपर्नेछ । सो सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुनेछ ।













