सानिमा माई हाइड्रोपावरको लाभांश बुझ्न बाँकी छ ? कम्पनीले जारी गर्यो यस्तो सूचना
काठमाडौं । पुरानो लाभांश बुझ्नका लागि सानिमा माई हाइड्रोपावरले सेयरधनीलाई अनुरोध गरेको छ ।
विभिन्न साधारण सभाहरूबाट पारित लाभांश रकम लिनका लागि कम्पनीले सेयरधनीलाई अनुरोध गरेको हो ।
काठमाडौंको नक्सालस्थित सेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश रकम लिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले हालसम्म पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीलाई सेयर अभौतिकीकरण गराउन पनि कम्पनीको आग्रह छ । यस्तै, हितग्राही खाता नखोलेका सेयरधनीहरूलाई खाता खोली बैंक खाता नम्बर अद्यावधिक गराउन पनि कम्पनीले सूचनामा मार्फत भनेको छ ।














