नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अर्थात् असार १९ गते अन्तिम मौका रहेको छ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कोषले बिहीबार बुक क्लोज गर्दै छ । त्यसकै आधारमा आजसम्म कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
लाभांश पारित गर्न कोषले असार ३१ गते आफ्नो २९औं वार्षिक साधारण सभा गर्ने भएको हो ।
कोषमाले यो वर्ष १४.७३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव आगामी साधारण सभामा पेश भई पारित हुनेछ ।
सभामा गत आव २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, चालु आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण पनि सोही सभाले गर्ने छ ।













