११ श्रावण २०८३, सोमबार

जाँदा जाँदै प्रधानमन्त्री प्रचण्डले के भने ? (पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक सूचकहरु क्रमशः सकरात्मक बन्दै गएको बताए । आफूले सरकारको नेतृत्व गरेपछि दबाबमा रहेको मुलुकको अर्थतन्त्रमा व्यापार सुधार भएको उनको दाबी छ ।

शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै अर्थतन्त्रमा देखा परेका समस्यालाई क्रमशः हटाउँदै सुधार गर्न सफल भएको बताए । आफूले सरकारको नेतृत्व लिने बेलामा देशमो अर्थतन्त्र दबाब रहेको र समष्टिगत आर्थिक परिसूचकहरु निराशाजनक रहेको प्रचण्डले बताए ।

उनले भने,‘ हाम्रा सबैजसो आर्थिक सूचकहरू सकारात्मक हुँदै गएका छन् । त्यसैले हाम्रो अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम रहनेछैन । बजेट निर्माण प्रक्रियालाई समावेशी, वैज्ञानिक र वस्तुपरक बनाउन मैले निकै प्रयास गरें । डेढ वर्षको अवधिमा प्राप्त यो आर्थिक उपलब्धि सानो होइन । म ढुक्कले भन्न सक्छु, देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसकेको छ।’

अर्थतन्त्रका विभिन्न क्षेत्रमा दबाब थियो तर वित्तीय तथा मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयन, निजी क्षेत्रसँग गरिएका सघन अन्तरक्रिया र निरन्तर प्रयासले परिणाम दिएको बताए ।

अर्थतन्त्रमा देखापरेको तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको चाप, पुँजी बजारमा आएको गिरावट र मौद्रिक तथा वित्तीय क्षेत्र लगायतमा रहेका समस्यालाई नीतिगत तथा कार्यान्वयन तहबाट उचित सम्बोधन गरिएको दावी गरे ।

यस्तो छ प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै प्रतिनिधि सभामा गरेको सम्वोधनको पूर्णपाठ