नवनियुक्त प्रधानमन्त्री ओलीले बोलाए पहिलो मन्त्रिपरिषद् बैठक
काठमाडौं । मन्त्रिपरिषद् बैठक साढे ५ बजे बस्ने भएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक ५ः३० बोलाएका हुन् ।
पदभार ग्रहण गरेलगत्तै समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । ओली चौंथो पटक प्रधानमन्त्री बनेका छन् । उनले सोमबार मात्र पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
ओलीले सोमबार नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई समेटेर २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।













