आईएमई लाइफ इन्स्योरेन्सले पायो केयर-एनपी ट्रिपल बि प्लस रेटिङ्ग - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आईएमई लाइफ इन्स्योरेन्सले पायो केयर-एनपी ट्रिपल बि प्लस रेटिङ्ग



काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिड्ड प्राप्त गरेको छ।

रेटिड्ड एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिड्डले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउछ ।

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटिड्डले थप पुष्टि गर्छ। रेटिड्ड एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बि’ रेटिड्ड गरेको थियो।

आ.व. २०८०/०८१ को अवधिमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रुपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिड्ड परिमार्जन भएको हो। कम्पनीले निरन्तर रुपमा बीमा क्षेत्रको औसत खुद मुनाफाको तुलनामा राम्रो वृद्धि दर हासिल गरिरहेको छ।

रेटिड्ड एजेन्सीले आ.व. २०८०/८१ मा हकप्रद तथा सार्वजनिक शेयर जारी गरे पश्चातको कम्पनीको शुद्ध मुल्य को वृद्धिलाई पनि मूल्याड्ढन गरेको छ, जसले गर्दा आ.व. २०८०/८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थता मा सुधार भएको छ। कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पूँजीलाई ५ अर्ब रुपैयाँ समेत पुर्याएको छ।

यस कम्पनीका प्रतिष्ठित संस्थापक शेयरधनीहरु, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन समूह, कम्पनीको सम्पत्तिको गुणस्तर, पर्याप्त पुनर्बीमाको व्यवस्था तथा फैलिदो शाखा सञ्जाल मार्फत बढ्दो भौगोलिक पहुँच र पछिल्लो २ आर्थिक वर्ष देखि नै मध्यम स्तरको सुरक्षित कम्पनी भएकै कारण रेटिड्ड एजेन्सीले परिमार्जित रेटिड्ड प्रदान गरेको हो।
आगामी दिनहरुमा पनि कम्पनीले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी प्रतिबद्ध रहेकोे छ ।


प्रतिक्रिया दिनुहोस्