११ श्रावण २०८३, सोमबार

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए । गत २०७९ पुस २५ मा जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने बताएपछि प्रदेशसभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरेका छन् ।