आइपीओ ल्याउँदै आरती पावर, प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा
काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव सहित साधारण सभा बोलाएको छ । कम्पनीले आगामी साउन ३२ गते शुक्रबार साधारण सभा डाकेको छ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।यसका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।













