११ श्रावण २०८३, सोमबार

मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री निर्देशन – दिनभरि काम नगर्ने, पाँच बजेपछि बैठक गरेर भत्ता लिने नगर्नू



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निकायमा बसेर बैठक भत्ता लिनु अनुचित भएको बताएका छन् । मंगलबार सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री अ‍ोलीले राज्यका मन्त्रालय र निकायमा तलव दिइएकाले बैठक आदिको भत्ता लिने गर्नु उचित नहुने बताएका हुन् ।

‘मुलुकमा २० प्रतिशतभन्दा बढी जनता निरपेक्ष गरिबीको रेखामुनि छन्, आर्थिक अवस्था राम्रो छैन । हामीले देश र जनताका लागि प्रतिबद्ध भएर सेवा दिनुछ । दिनभरि काम नगर्ने र पाँच बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब नगर्नू’ उनले भने ।

२ वर्ष आफूले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस नेतृत्वमा सरकार भन्ने स्पष्ट गर्दै मूलभूत रुपमा कामहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिए ।