१० श्रावण २०८३, आइतबार

१ करोड ६८ लाख कित्ता बढी सेयर लिलाम गर्दै एचआईडिसिएल, मूल्य कति ?

१ करोड ६८ लाख कित्ता बढी सेयर लिलाम गर्दै एचआईडिसिएल, मूल्य कति ?



काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल)ले डेढ करोड बढी कित्ता सेयर बिक्रीमा गर्ने भएको छ । कम्पनीले अवितरित हकप्रद सेयरमध्ये लिलाम बिक्री नभएको संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको छ।

उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति, संस्था वा कम्पनीले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नु पर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीको लागि अधिकतम सम्पूर्ण शेयर संख्याका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकका शंखमुल, बिर्तामोड, हनुमानदास रोट, जनकपुरधाम, आर्दशनगर, विरगञ्ज, हेटौँडा, नारायणगढ, न्यूरोड (पोखरा), मिलनचोक (बुटवल), बाग्लुङ्ग बजार, त्रिभुवन चोक (नेपालगञ्ज), विरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।