सेयर बजारमा सामान्य वृद्धि, २० अर्ब नाघ्यो कारोबार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सेयर बजारमा सामान्य वृद्धि, २० अर्ब नाघ्यो कारोबार



काठमाडौँ । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ ।  यस दिन सेयर बजार मापक नेप्से परिसूचक ६.७० अंकले बढेर २७६६.३८ बिन्दुमा पुगेको छ । 

कारोबारमा आएका ३२२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर २० अर्ब ७ करोड ४ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको छ । 

कुल १३ उपसमूहमा ६ उपसमूह मात्र बढेको छ ।  बाँकी ७ उपसूचक राताम्य बनेको छ । 

यस दिन ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ ।  ४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।  बजारमा सामान्य वृद्धि हुँदा ६ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । 


प्रतिक्रिया दिनुहोस्