क्रसर तथा बालुवा उद्योगहरुलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग
क्रसर तथा बालुवा उद्योगहरुलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग
काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएको छ।
व्यवसायीहरुले आफ्ना उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे सोमबार प्रधानमन्त्री ओली समक्ष ध्यानाकर्षण गराएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएको सात सय क्रसर तथा बालुवा उद्योगहरुलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका छन् ।
वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकामा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासङ्घको भनाइ छ ।
महासङ्घले उद्योगहरुको नवीकरण नहुँदा करिब चार अर्ब लगानी डुुब्ने अवस्थामा रहेको स्मरण गराएका थिए । विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुुर लिइ पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यवहारिक एवं नयाँ मापदण्ड ल्याउन माग गरेको छ ।













