१० श्रावण २०८३, आइतबार

अर्थपथका संवाददाता सुनारको ‘निगाली झाँपो’ गीत सार्वजनिक (भिडियोसहित)



काठमाडौं । अर्थपथ डटकमका संवाददाता बिक्रम सुनारले ‘निगाली झाँपो’ बोलको गीत बजारमा ल्याएका छन् । गीतमा पत्रकार सुनार र गायिका प्रिति आलेको सवार रहेको छ ।

उक्त गीत शनिबार कमल थापा यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतको लय तथा शब्द सृजना कलाकार भुवन बिकेको रहेको छ भने संगीत संयोजन पनि उनैको रहेको छ । ‘निगाली झाँपो’ को मुख्य अभिनयमा चर्चित कलकार अस्मिता रनपाल, यशु भट्टराई, अजय बिके, भुवन बिके, बिक्रम सुनार लगायतलाई देख्न सकिन्छ ।

अर्थ क्षेत्रमा पत्रकारीताका साथै सांगितक क्षेत्रमा सक्रिय रहँदै आएका सुनारले यसअघि पनि आफ्ना केही गीतहरु बजारमा ल्याइसकेका छन् ।

गीतको. म्युजिक भिडियो निर्देशन भने कमल थापाले गरेका छन् भने छायाङ्कन सुमन थापा तथा विकास थापाले गरेका छन् । भिडियो सम्पादन भने सुमन थापाले गरेका हुन ।