कुमारी क्यापिटलका ३ योजनाहरुको लाभांश घोषणा
काठमाडौं । कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाहरुले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।
कुमारी इक्वीटी फण्डले कर सहित ९.५० प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । त्यसैगरी कुमारी धनबृद्धि योजना का इकाईधनीहरुलाई करसहित ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
त्यस्तै, कुमारी सुनौलो लगानी योजनाले कर सहित १०.५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।
भदौ १० गते बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त कोषको योजना व्यवस्थापनमा कुमारी क्यापिटल रहेको छ ।
















