सानिमा म्युचुअल फण्डका ३ वटा योजनाको लाभांश घोषणा - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सानिमा म्युचुअल फण्डका ३ वटा योजनाको लाभांश घोषणा



काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ ।

सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको लाभांश घोषणा गरिएको हो । यी म्युचुअल फण्डका इकाईधनीहरुलाई आर्थिक २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले सानिमा इक्विटी फण्डका लागि १५ प्रतिशत सानिमा लार्ज क्याप फण्डका लागि १० प्रतिशत र सानिमा ग्रोथ फण्ड लागि पनि १० प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरेको छ । यी सबै म्युचुअल फण्ड बन्दमुखी योजना हुन् ।


प्रतिक्रिया दिनुहोस्