लाभांश पारित गर्न माण्डु हाइड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटडले साधारण सभाका लागि मिति तय गरेको छ ।
कम्पनीले आगामी असोज ४ गते शुक्रवार तेह्रौं वार्षिक साधारण सभा बोलाएको हो । सभा नेपा बैंक्वेट, नयाँ बजार काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा सोही प्रस्ताव पारित हुनेछ।
यस्तै, सभाले चुक्ता पूँजीलाई कम्पनी रजिष्टर्ड कार्यालयमा अध्यावधिक गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।













