भगवती हाइड्रोपावरले १४.७३ प्रतिशत लाभांश दिने, पारित गर्न डाक्यो साधारण सभा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

भगवती हाइड्रोपावरले १४.७३ प्रतिशत लाभांश दिने, पारित गर्न डाक्यो साधारण सभा



काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १४.७३६८ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीले यो वर्ष हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र १०.७३६८ नगद लाभांश (करसहित) दिने भएको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले साधारण सभा पनि बोलाएको छ । कम्पनीले असोज १६ गते २४औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभामा कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सो अनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा छन् । यसका साथै सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव पेश हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्