३ आश्विन २०८३, शनिबार

छुट्ला है एक कम्पनीको १४ प्रतिशत लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । आइतबार माण्डु हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात् भदौ ३१ गते बुक क्लोज गर्दैछन । त्यसका आधारमा आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले लाभांश पाउन सक्नेछन् ।

यो वर्षका लागि कम्पनीले १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कमपनीले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कम्पनीले आगामी असोज १४ गते वार्षिक साधारण सभा डाकेको छ ।