सानिमा रिलायन्स लाइफले १८.३८११ प्रतिशत बोनस दिने
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई १८.३८११ प्रतिशत बोनस सेयर दिने भएको हो ।
कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकले सो बराबरको लाभांश दिने निर्णय गरेको छ । अब उक्त बोनस सेयर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।












