तपाईको खातामा आयो त १५ प्रतिशत र १० प्रतिशत नगद लाभांश ?
काठमाडौं । सानिमा इक्विटी र सानिमा ग्रोथ फन्डले लाभांश वितरण सुरु गरेका छन् । यी दुई फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेक हुन् ।
दुवै फन्डले इकाइधनीलाई आज (असोज ७ गते) बाट बैंक खातामा नगद लाभांश पठाउन सुरु गरेका छन् ।
यता, दुवै फन्डले हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेका छन् । खाता अद्यावधिक गरेपछिमात्र नगद लाभांश जम्मा हुनेछ ।
सानिमा इक्विटी र सानिमा ग्रोथ फन्डले क्रमशः १५ प्रतिशत र १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरेका थिए ।













