अपि पावरले घटायो लाभांश, कति दिने भयो ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अपि पावरले घटायो लाभांश, कति दिने भयो ?



काठमाडौं । अपि पावर कम्पनीले गत आर्थिक वार्शको लागि प्रस्ताव गरेको लाभांश घटाएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घटाउने निर्णय गरेको हो । कम्पनीले सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय भएको छ ।

यसअघि भने कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । उक्त लाभांश विद्युत नियमन आयोगले अस्वीकृत गरेपछि घटाएको हो ।

यससँगै बैठकले यसअघि स्थगित कम्पनीको २१ औं वार्षिक साधारणसभा समेत बोलाएको छ । बैठकले आगामी कात्तिक ११ गते आइतबारका दिन काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टलमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।

सभामा संधोधित लाभांश वितरणको प्रस्तावका साथै कम्पनीले सञ्चालन तथा विकास गरिरहेको आयोजनाहरुको लागि बैंक तथा वित्तिय संस्थाबाट लिने आवश्यक कर्जा अनुरुप तोकिएको सिमा भन्दा बढी रहेकोहुँदा कर्जा अनुमोदन गर्ने तथा आयोजनाहरु निर्माणको लागि थप आवश्यक कर्जा लिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक २ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्