लाभांश पारित गर्न युनिलिभर नेपालले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ ।
कम्पनीको ३१औं वार्षिक साधारण सभा आगामी कात्तिक १२ गते सोमबार बोलाएको हो । सभामा एभरेष्ट होटल नयाँ बानेश्वर काठमाडौँमा हुनेछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ ।
यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । सोही प्रस्ताव सभाबाट पारित हुनेछ ।
सभामा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानको लागि प्रस्ताव पारित तथा लेखापरीक्षकको नियुक्ति पनि सोही सभाले गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनाथकम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।













