रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ३० गते, बुकक्लोज गर्दैछ।

त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले गत आर्थिक वर्षका लागि हाल कायम १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्दैछ । यसका साथै कम्पनीले बोनस सेयरको कर प्रयोजनार्थ ०.७८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा पनि गरेको छ।

कम्पनीको वार्षिक साधारणसभा आगामी कात्तिक ११ गते, लिसार ब्याङकेट, नक्साल, काठमाडौँमा हुनेछ।


प्रतिक्रिया दिनुहोस्