अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भाेली अर्थात् कात्तिक २ गते बुकक्लोज गर्दैछ।

त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न आगामी कात्तिक १९ गते, होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा २१ औँ वार्षिक साधारणसभा बोलाएको छ।


प्रतिक्रिया दिनुहोस्