भगवति हाईड्रोपावरको लाभांश सेयरधनीको खातामा जम्मा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

भगवति हाईड्रोपावरको लाभांश सेयरधनीको खातामा जम्मा



काठमाडौं । भगवति हाईड्रोपावरले गत आर्थिक वर्षको लागि प्रस्तावित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले गत असोज १६ गते सम्पन्न २४औं वार्षिक साधारणसभाबाट पारित भएको प्रस्तावित १०.७३६८ प्रतिशतका दरले (नियमानुसार नगद लाभांश तथा बोनस सेयरमा लाग्ने कर समेत) नगद लाभांश वितरण गरेको हो ।

आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको हकमा उक्त नगद लाभांश असोज २१ गतेदेखि सम्बन्धित सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु तथा हालसम्म पनि आफ्‌नो सेयर अभौतिकीकरण नगराएका भएका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई सो सँगसँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराई समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्